Friday 19th April 2024

कुवेतमा उच्च रक्तचापका कारण संचारकर्मी शाहीको मृत्यु


तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ ।

प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए।

मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।

कुवेतमा रहेर परोपकारी पत्रकारिता समेत गर्दै आएका शाही पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका उनी सामाजिक क्रियाक्लापहरुमा पनी निकै सक्रिय रहदै आएका थिए। निकै मिलनसार स्वभावका रहेका उनको निधनले कुवेतको नेपाली समुदाय स्तब्ध भएको छ।

कुवेतको प्रख्यात कम्पनीमा म्यानेजरको रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शाहीको शवलाई स्थानीय एक अस्पतालको शवगृहमा राखीएको छ शव नेपाल पठाउन आवश्यक पहल भइरहेको र कम्पनीले आवश्यक कागजात तयार पारी छिट्टै शवलाई नेपाल पठाउने दूतावासले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...