Sunday 27th September 2026

अबैध सम्बन्धबाट बच्चा जन्माएर फालेको आरोपमा कुवेतमा नेपाली जोडी पक्राउ


तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन।

उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले एक महिला र एक पुरुषलाई शंकास्पद ढंगले एउटा फोहोरको कन्टेनरमा एक नवजात शिशुलाई फ्याँक्न कोसिस गरीरहेको देखेको र तत्काल कुवेत प्रहरीलाई सम्पर्क गरेको, जसले गर्दा समयमै प्रहरी घटनास्थलमा आइपुगेको घटनास्थलका प्रतक्षय दर्शी फिलिपिनो नागरिकले बताएको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै अरब टाइम्सले जनाएको छ।

नेपाली जोडी संग एक कचरा कन्टेनर भित्र एउटा बच्चा भेटीए पछी प्रहरीले दुबै अभियुक्तलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागी पठाइएको छ। अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुको आमा बुबा रहेका र अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको आरोपीले बताएका छन। बाकी दुबै अभियुक्त प्रहरी हिरासतमा छन् र उनीहरु बिरुद्ध कानूनी कारबाही भईरहेको छ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...