Friday 25th September 2026

कुवेतमा आगामी आइतवारदेखी पीसीआर परीक्षणको शुल्क १४ केडी


तितोपाटी- कुवेत सरकारले पीसीआर परीक्षणको शुल्क आगामी आइतवार देखी देशका सबै अस्पतालमा घटाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क १७ केडी सम्म लिने गरेको थियो १७ केडीबाट अहिले घटाएर अधिकतम १४ कुवेती डिनर यही देखी कायम हुने सिविल चिकित्सा सेवा मामिलाका लागि स्वास्थ्य मन्त्रालयका सहायक उपसचिव डा फातिमा अल-नज्जरले जानकारी दिएकी छिन।

उपसचिव डा. फातिमा अल-नज्जरले भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम १४ केडी बढी शुल्क लिन नपाउने निर्णय गरिएको कुवेत स्वास्थ्यमन्त्रालयलाई उद्धत गर्दै, अलराय दैनिकले जनाएको छ।

हालसम्म कुवेतमा ४१ लाख २३ हजार ६ सय ६ जनाको पीसीआर गरिएको छ। संक्रमितको कुल संख्या, ४ लाख ११ हजार ३सय ५८ जना, उपचार पछी घर फर्किनेको संख्या ४ लाख ८ हजार २सय २४ जना छन भने, २ हजार ४ सय ४३ जनाको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...