Sunday 4th October 2026

नेकपा एमालेका दुइ सांसद नेकपा एकीकृत समाजवादीमा जान पाउने सर्वोच्चको आदेश


सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।

उनीहरुले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न भनेको छ।

यससँगै संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ। प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ।


सम्बन्धित शीर्षकहरु

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न…

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

प्रतिकृयाहरू
...