Thursday 2nd July 2026

राष्ट्रको परिस्थिति – जनताको सोचाइ


बि. आर. उप्रेती, बारा नेपाल – हाम्रो देशले विभिन्न कालखण्डमा विभिन्न असजिला परिस्थितिहरू आएको छ । समय आफ्नो गतिमा छ, देश तथा देशबासीहरुको दिन प्रतिदिनको समय कसरी गुज्रिरहेको छ राष्ट्रभक्त बुद्धिजीवीहरु लगायत सर्व साधारण नेपालीहरु समेतले आ-आफ्नो ठाउँबाट नियाल्दै छन् ।

यसरी समस्त नेपालीहरु अकल्पनीय कुराहरू कहिले कोरोना जस्ता महामारीको शिकार हुनुपरेको ( हजारौं नेपालीहरुले ज्यान गुमाउनु परेको) कहिले बाढी पीडितबाट र यस्तै अन्य दैवीप्रकोपबाट समेत केहि समय अघि देखि धेरै जनाको ज्यान गइ सकेको छ यो सर्वविदितै होला । अनि यस्ता घटना दुर्घटनाका पिडा सहन बाध्य त छँदै छ राष्ट्र र जनताले । यस्ता दुखदका समय एक पछि अर्को बिपद खपिराख्न परिरहेको बेला देशका राजनेताहरु चाहिँ “बाघ लाग्यो घिच्याउन बाख्रा लाग्यो चिच्याउन” भन्ने उखान झैं आ-आफ्ना राजनीतिक दल भित्र ठूला-ठूला नाच देखाई रहेकाछन् । पार्टी भित्र झै-झगडा, गुटबन्दी अनि जनता कार्यकर्ताहरुसँग छलफल नै नगरी पार्टी फुटाउने यस्ता महसुर नेता छन् यहाँ । यस्ता कर्म गर्न लाज शरम छैन ? देशमा आफुले जे गरे पनि हुन्छ, संविधान, कानून भन्दा आफै माथि छु भन्ने जस्तो काम गर्ने । संधै एकै नास त हुँदैन नी, पहिला पहिला नेताहरूले धानको गेडा भित्र मकै हुन्छ भने पनि पत्याउँथ्यौं, अब त त्यत्तिकै हो। धेरै थोर विवेक सबै नेपालीमा छ।

माथि उल्लेखित अनुसार देशमा एकातिर कोरोनाको महामारी फैलिएको छ भने अर्कोतिर दैवीप्रकोप (बाढी पहिरोबाट पीडित) थपिंदै छन् । यस्ता आपत बिपद र दु:खद समश्यालाई समाधान गर्न चिन्तित हुनुपर्ने राज्यको मूल कर्तव्य होला नी ? झन् उल्टै नेताहरुको राजनीतिक खेल कस्ता-कस्ता क्रियाकलापबाट समय अगाडि बढ्दैछ । यसरी जनता र राष्ट्र हरेक विकृति, विसंगति तथा पल पलको दु:खद अवस्थाबाट पिल्सिई अक्रान्त अवस्थामा रहेको बेलामा MCC जस्ता राष्ट्रलाई आघात पुग्ने कार्यक्रम सरकारले परराष्टसँग सम्झौता गर्न लाग्दा राजनीतिक दलका देश भक्त नेता, कार्यकर्ता तथा सर्व साधारण जनताहरु दैनिक जस्तै राजधानी र उपत्यका बाहिर पनि ठाउँठाउँमा “MCC चाहिंदैन, देश बेच्न पाइदैन” भनेर ठूल्ठूला ब्यानर र प्लेकार्ड बोकेर आन्दोलन गरिरहेका छन् । MCC सम्झौता गर्दा जनता र राष्ट्रको हित विपरीत हुने ठम्याइ केही देशभक्त नेताहरुको छ भने सरकारमा पदासिनहरु केही नेताहरु MCC पास गर्न किन जबर्जस्ती गर्दैछन् ? नेपालीमा एउटा उखान छ: “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझैं अध्यादेश मार्फत सत्ताको बागडोर हातमा लिए पनि सरकारमा रिक्त रहेको मन्त्री परिषदको बिस्तार गरि देशमा बिकास गर्नु कता हो कता एकोहोरो MCC पास गर्नुपर्छ भनेर जिद्दी गर्नु कतै यी नेताहरूमा स्वार्थ लुकेको त छैन ? यस्तै यस्तै चर्चा देशभर नै चलिरहेको छ । यदि MCC पास भयो भने भविष्यमा हुने गम्भिर परिस्थितिमा के गर्नुपर्छ भन्दै चिन्तित छन् आम नेपाली जनताहरु ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...