Monday 5th October 2026

काठमाण्डौ–श्रीलङ्का सिधा उडान आजदेखि सुरु हुँदै


तितोपाटी- श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एयरलाइन्सaले आजदेखि काठमाण्डौ श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्कन एअरको पहिलो उडानवाट आज एक सय चालिस जना यात्रु काठमाडौं आउदैछन । श्रीलंकाबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मंगलवार र शनिवार कोलम्बो–काठमाण्डौ कोलम्बो उडान गर्ने नागरिक उडडयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान संख्या थपघट गर्ने तयारी छ । श्रीलङ्कन एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको हो । अवस्था सामान्य भएपछि यसवाट पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । उडानवाट भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...