Saturday 27th April 2024

राष्ट्रिय क्रिकेट टोलि मङ्गलबार ओमान प्रस्थान गर्ने


तितोपाटी- नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल ब्यवस्थापकीय टोलिमा रहनुहुनेछ ।
टोलि भाद्र आठ गते मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सलाम एयरले ओमान प्रस्थान गर्नेछ । नेपालले ओमान अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंला खेल्नेछ । उक्त श्रृखंला सेप्टेम्बर १३ मा सुरु हुनेछ । सेप्टेम्बर २० मा सम्पन्न हुनेछ । नेपाल विश्वकप क्रिकेट लिग २ को छैठौं स्थानमा छ । ओमान हुने श्रृखंला जितेर नेपाल अङ्कतालिकामा माथि उक्लिन प्रयासरत रहनेछ । नेपालले हालसम्म चार खेलमध्ये मात्र दुईमा जित हात पारेको छ । ओमानले भने दश खेलमध्ये आठमा जित हात पारेर शीर्ष स्थानमा छ ।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...