Wednesday 28th October 2026

‘जसपा लोकतान्त्रिक’ दर्ता : महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो वरिष्ठ नेता


 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट फुटेर आज (बुधबार) निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीको दर्ता नम्बर ४३४ रहेको छ ।नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने जानकारी दिए ।

उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाई दिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने महतोको भनाइ छ । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...