Monday 21st September 2026

कुवेत स्वास्थ्य मन्त्रालयद्वारा ९१ हजार भन्दा बढी आप्रवासीहरुको खोप प्रमाणपत्रको स्वीकृत


तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ।

अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन।

हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले आफ्नो पप्रमाण पत्र पेश गरेका थिए जस मध्य ९१ हजार ८०५ जनाको मात्रै प्रमाण पत्र स्वीकृत गरिएको अलरायलाई उद्धत गर्दै अरब टाइम्सले जनाएको छ। अन्य ५२ हजार जनाको भने प्रमाण पत्र खारेज गरिएको छ। खारेज गरिएका हरु मध्य उक्त ५२ हजार ९६३ जनाको खोप प्रमाणपत्र अस्वीकार गर्नुको कारण खोपको प्रकार, दुबै खोप खुराक प्रमाण पत्र अपलोड गर्न असफल हुनु वा क्यूआर कोड नभएको जनाएको छ। स्वास्थ्य मन्त्रालय कुवेतले दर्ता गर्दा सम्पूर्ण कुराहरु पूर्णरूपमा जानकारी गराएर पुन दर्ता गर्न अनुरोध समेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...