Saturday 1st August 2026

न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाउने माओवादी केन्द्रको निर्णय


नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आह्वान गरेको छ र कार्यदलका सदस्यलाई निर्देशन दिएको छ’, उनले भने ।

आजको बैठकमा सरकारमा सहभागी हुनेबारेमा कुनै छलफल नभएको उनले बताए । सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘सकारको नेतृत्व गरेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाललगायतका अन्य पार्टी र सरकारलाई समर्थन गर्ने सांसदसँग पनि छलफल भइरहेको छ’, उनले भने, ‘सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिनु उपयुक्त हुने भएकाले हामी सबै गठबन्धनका शक्तिसँग छलफल गरेर छिट्टै सरकारलाई पूर्णता दिने निर्णय गर्नेछौं ।’माओवादीले पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यही साउन २० गते केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न यही साउन १७ गते स्थायी समिति बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

प्रतिकृयाहरू
...