Tuesday 6th October 2026

कांग्रेसमा परि आए ‘डिजिटल भोटिङ’ को तयारी


काठमाडौं – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ । विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन । साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ ।

-नेपालप्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...