Sunday 18th October 2026

कुवेतबाट रेड क्रिसेंट समाजले नेपाललाई स्वास्थ्य सामग्री पठायो


तितोपाटी- कुवेतबाट नेपाली दूतावास संगको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) ले नेपाल का लागी कोभिड १९ को बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाएको छ।

कुवेतबाट स्वास्थ्य सामग्रीहरु नेपाली जनतालाई कोभिड १९- को बिरूद्ध लड्न मनिटर, पीपीई इत्यादि। जजीरा एयरवेजको उडानद्वारा पठाइएको छ र आज बिहान (२० जुलाई) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरीसकेको र उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकारका अधिकारीलाई हस्तान्तरण गरिएको नेपाली दूतावास कुवेतले जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

सोसायटीले नेपालका लागी, पोर्टेबल अक्सिजन कन्डेन्टर्स, बिरामी मोनिटर, मेडिकल भेंटिलेटर, ओभरबेड टेबुलसहित अस्पतालको ओछ्यान, नाडी अक्सिमिटर, अत्यावश्यक संकेत लगायतका मेडिकल आपूर्ति र आवश्यक उपकरणहरू सहयोग गरेको छ।

दूतावासले कोरोना महामारीविरुद्ध जुध्नका लागि सोसायटीले नेपाललाई गरेको सहयोग प्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै काठमाडौंसम्मको लागि नेपाल राजदूतावासको समन्वयमा उक्त सामग्री ढुवानी गरीदिएकोमा जाजीरा एयरवेजको ब्यवस्थापनलाई पनि आभार व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...