Wednesday 30th September 2026

एनआरएनए १०औं विश्व सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन आगामी अक्टोवर तेस्रो सातामा हुने भएको छ। गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

बैठकले सो सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय समेत गरेको छ। संघले आगामी अक्टोवरमा हुने नयां नेतृत्वको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ। बैठकले संघको महाधिवेशन प्रतिनिधी शुल्क समेत शुन्य कायम गर्ने निर्णय गरेको छ। यसअघि संघको केन्द्रिय महाधिवेशन दर्ता शुल्क प्रतिव्यक्ति २ सय डलर थियो।

बैठकले गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको संघले जनाएको छ। बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ।

नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

प्रतिकृयाहरू
...