Monday 21st September 2026

कुवेत सरकारद्वारा नया निर्देशन जारी, धेरै जनसंख्या भएका क्षेत्रहरूमा खोपको गति बढाउने


तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस ​ निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा खोप अभियान अगाडि बढाउनु पर्ने बताएका छन।

अहिले पनि कुवेतका केही क्षेत्रहरुमा कोरोना भाइरस उकालो लाग्ने क्रम जारी छ। जस मध्य अल अहमदी र हवाली दुबै क्षेत्रमा कोरोना भाइरस बढ़ी देखिएको छ भने देशको सबै भन्दा ठूलो जनसंख्या यी दुबै क्षेत्रमा रहेका छन । डा. खालिद अल जराल्लाहले थपे, कुवेतमा कुनै पनि किसिमको कर्फ्यू वा लकडाउन लगाउने योजना छैन।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...