Monday 24th August 2026

कांग्रेसमा पौडेल समूहका ७ जना सभापतिका आकाङ्क्षीबीच साझा उम्मेदवारको खोजी


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरू, डा. शेखर कोइराला र सुजाता कोइराला सहभागी हुने छन् । पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा छलफलमा बोलाइएको छैन । साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिको केसीले रातोपाटीलाई बताए ।
पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो । त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यस पटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरूले आफू सभापतिको आकाङ्क्षी रहको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी केन्द्रित रहेको महामन्त्री शशाङ्क कोइरालाको भनाइ थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...