Wednesday 28th October 2026

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले गठन गर्‍यो विशेष इजलास


काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्।

३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले दिएको छ। दुबै पक्षलाई आयोगले आफ्ना आधिकारिक प्रतिनिधि पठाउन पत्राचार गरेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाई भने नरोकिने आयोगले जनाएको छ।

आयोगमा दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले मंगलबार सहमति दिएपछि आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको हो। ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा बहुमतमा छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...