Sunday 23rd August 2026

नेपाल, भारत लगायत देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकहरूलाई आग्रह


तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ । परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।

युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।

यसैबीच यूएईले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...