Thursday 29th October 2026

मलेसियाको जेलमा १६३ नेपाली, घर फिर्ती केन्द्रमा ६९ जना


तीतोपाटी डटकम-क्वालालम्पुर । मलेसियाको जेलमा हाल एक सय ६३ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका द्धितीय सचिव प्रेमबहादुर थापाले दिएको जानकारी अनुसार यी नेपालीहरू मलेसियाको विभिन्न जेलमा रहेका छन्। उनीहरू माथि कानून उल्लङ्घनको आरोप छ।

द्धितिय सचिव थापा भन्छन्, ‘ अहिले मलेसियाको विभिन्न जेलमा १ सय ६३ नेपाली कैद सजाय भोगिरहेका छन्।’ थापाले कैद सजाय भुक्तान गरिसकेका ६९ जना नेपाली भने स्वदेश फर्किन घर फिर्ती केन्द्रमा बसेका छन्। ‘६९ जनाले कैद भुक्तान गरिसक्नु भएको छ। उहाँहरू यतिबेला घर फिर्ती केन्द्रमा बस्नु भएको छ।’

केही दिनअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरसँग कोरोनाका कारण उडान बन्द हुँदा कैद सजाय भूक्तान गरेर फिर्ती केन्द्रमा रहेका नेपालीलाई पठाउन समस्या भएको बताएका थिए।

साभार-प्रवास खबर(सांकेतिक तस्वीर)


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...