Tuesday 6th October 2026

बहराइनमा कागजपत्र नभएका नेपालीलाई पनि कोरोना खोप लगाउन आग्रह


तीतोपाटी डटकम-बहराइनमा कार्यरत नेपाली श्रमिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाउन दूतावासले आग्रह गरेको छ।बहराइनको मान्मामा रहेको नेपाली दूतावासले यसअघि पनि नेपाली श्रमिकलाई खोप लगाउन आग्रह गरेको थियो। दूतावासको आग्रहपछि उल्लेख्य मात्रामा केही नेपालीले खोप लगाए पनि अझैं बाँकी रहेका छन्।

त्यसैले दूतावासले पुनः अर्को सूचना सार्वजनिक गरेको हो। दूतावासद्धारा जारी नयाँ सूचनामा भनिएको छ, ‘विविध कारणवश अथवा कागजपत्र नहुँदा रजिस्ट्रेशन गर्न असमर्थ हुनुभएका सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई खोप लगाउन आग्रह गर्दछौं।’
बहराइन सरकारले आफ्नो नागरिक सरह नै यहाँ कार्यरत विदेशी नागरिकलाई पनि निःशुल्क खोप उपलब्ध गराएको छ। केही नेपालीको कागजपत्र नहुँदा उनीहरू खोपका लागि रजिस्ट्रेशन गर्न डराइरहेका छन्। तर, दूतावासले यो विशुद्ध मानवीय कार्य भएको भन्दै सबैलाई खोप लगाउन आग्रह गरेको छ।हालै जारी विज्ञप्तीमा बहराइनको ३ विभिन्न ठाउँबाट खोप उपलब्ध गराइने बताइएको छ।

बहराइन सरकारले आफ्नै देशका नागरिक सरह विदेशी कामदारलाई पनि खोप लगाउन सर्वसुलभ गरेपछि नेपाली राजदूत पदम सुन्दासले यस कार्यको स्वागत गरेका थिए। उनले भनेका थिए,‘सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिन चाहन्छु।’

यहाँ रहेको नेपाली समुदायलाई उत्प्रेरणा मिलोस् भनेर राजदूत सुन्दास आफैले खोपको दुवै डोज लिइसकेका छन्। उनले बहराइनमा रहेका नेपालीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका थिए।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...