Tuesday 6th October 2026

सिन्धुपाल्चोकमा बाढीको वितण्डा दर्जन बढी तस्वीरमा हेर्नुस्


तीतोपाटी डटकम-मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।

साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे(नपुगेको पनि एकिन भएको छैन।

साभार-रातोपाटी डटकम-तस्वीरमा हेर्नुस्

 


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...