Wednesday 2nd September 2026

बहराइनले नेपाली कामदारलाई नलिने


तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो।

उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

‘रेड लिस्ट’ मा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भियतनाम रहेका छन्। नेपाललाई २४ मेमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। भियतनामबाहेक अन्य देशलाई पनि सोही दिन ‘रेड लिस्ट’ मा समावेश गरिएको हो।

भियतनामलाई १ जुनमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। विभागले केही समयका लागि यो नियम लागु गरेको हो।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...