Thursday 10th September 2026

इन्धनको मूल्य फेरि बढ्यो -पेट्रोल प्रतिलिटर १२५ पुग्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।  निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य  प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो ।निषेधाज्ञा सुरु भएपछि निगमतले दुई पटक इन्धनको मूल्य बढाएको हो। यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायको भनाइ छ। बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा आईओसीबाट प्राप्त मूल्य सूची अनुसार निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निषेधाज्ञाको समयमा विक्री परिणामलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । अन्य सामान्य अवस्थाको हिसाब गर्दा निगमलाई ९३ करोड घाटा रहेको उनले बताए । निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम जारी रहँदा इन्धनको मूल्य अझ बढ्ने निगमले जनाएको छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

प्रतिकृयाहरू
...