Saturday 10th October 2026

अब चार मुलुकमा नियमित उडान


तीतोपाटी डटकम- काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ।

चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो । यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ. कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ ।

तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...