Sunday 1st November 2026

सर्लाही सेवा समाज कुवेतद्धारा हरिवनका ४० परिवारलाई सहयोग सामाग्री बितरण


हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो।

सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने “सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा तथा समाजको सामुहिक पहलमा उठेको नेरु ६१,००० (एक्सठ्ट्ठी हजार) नगद सहयोग पठाएपछि सो रकमबाट खाद्य सामग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरिद गरी वितरण गरिएको हो।”मन्सुरले थपे”कोरोना भाईरस संक्रमण रोक्न जारी निषेधाज्ञाका कारण काम गर्न नपाएर भोकभोकै मर्ने अवस्थामा पुगेका हरिवन नगरपालिकाका विभिन्न वडाका ४० परिवारलाई मंगलबार घर–घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो।”

समाजका अनुसार सामाग्रीहरुमा चामल, दाल, तेल, नुन, साबुन, मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका थिए।राहत सामाग्री वितरण कार्यक्रममा आदिवासी लोकतान्त्रिक जनजाति महासंघका उपाध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ४ का वडा अध्यक्ष धनबहादुर वाइबा,अनेमसंघ सर्लाहीकी सचिब लिलि घिसिङ, हरिवन नगर अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष पद्मा मोक्तान, युवा समाजसेवी कुलबिर थापा लगायतको उपस्थिती रहेको थियो।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...