Sunday 6th September 2026

राष्ट्रपति भण्डारीबाट सरकार गठन गर्न पेश गरिएका दुवै दावी खारेज


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।

शुक्रबार राती राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुबै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपतिले आव्हान गरेपछि शुक्रबार विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलत निवासमा बुझाएका थिए । ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेका थिए भने विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिः


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...