Wednesday 8th July 2026

माओवादी केन्द्रको अन्तर्रास्ट्रिय समन्वय समिति पुनर्गठन, कस–कसले पाए जिम्मेवारी ?


तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली युएई रहेका छन ।

यसैगरि एशिया प्याशिफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र सचिबमा रमेश तिवारी मलेशिया रहेका छन भने मलेशियाको अध्यक्षमा प्रेम पान्डे र रुपधन घर्तिमगर सचिबमा चयन भएका छन । अन्य क्षेत्रिय समितिहरुका बारेमा छलफल भईरहेको र छिट्टै गठन हुने अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष युबराज चौलागाईले बताए ।

नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रअन्तर्गतका देशहरु कतारमा रकमध्वज राई अध्यक्ष र सचिबमा मोहन कार्की, युएईमा अध्यक्ष बाबुराम बिश्वकर्मा र सचिबमा रबिरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिबराज जैसी र सचिबमा रामचन्द्र वाग्ले रहेका छन भने ओमनको अध्यक्षमा उमेश बिक र सचिबमा पुर्ण बिक, बहराईनको अध्यक्षमा युबराज केसि र सचिबमा कमल घिमिरे , कुबेतको अध्यक्षमा मन बहादुर भुजेल (मनु मगर ) र सचिबमा राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा अनिरुद्र शर्मा र सचिबमा दिपेन गुरुङ चयन भएका छन ।

यसै गरि जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय समितिका सदस्यहरुमा प्रेम कुमार बिक कतार,जैबी राई कतार, निर्मल शाही साउदीअरब ,पदम अर्याल ओमन, जीवन श्रेष्ठ बहराईन रहेका छन भने मध्यपुर्बका सबै देशका अध्यक्षहरु पदेन सदस्य रहने क्षेत्रिय संयोजक ओलीले बताए ।

मध्यपुर्व क्षेत्रिय संयोजक भएपछी ओलीले मध्यपुर्बका सम्पुर्ण नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको पक्षमा आवाज उठाउने बताए । जनयुद्दको शुरुवातिदेखी नै पार्टीको लागी लडेका ओली जनयुद्द सकिएपछि कतार प्रबेस गरेका थिए । कतार बसेर पनि ओलीले पार्टीको काम ईमान्दारिताका साथ गर्दै आएका छन । हाल मध्यपुर्बमा लाखौ माओबादीका कार्यकर्ता र समर्थक रहेका छन ।
साभार-जनसवाल डटकम


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...