Saturday 10th October 2026

नेपालमा निषेधाज्ञा छ, पालना छैन-फोटो फिचर


काठमाडौँ — कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लगाइएको छ । संक्रमण रोकथामका लागि भिडभाड नगर्न प्रशासनले आग्रह गरे पनि त्यसको पालना भएको छैन । कोरोना फैलन नदिन सरकारले बिहानको एक समय मात्रै खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएकामा त्यही बेला बढी भिडभाड भइहेको देखिन्छ । किनमेलका क्रममा मापदण्ड पालना नहुँदा संक्रमण दर अझ बढ्ने जोखिम निम्तिएको छ । काठमाडौंको बालाजु माछापोखरीमा आइतबार बिहान तरकारी किन्नेहरुको निकै भिड लागेको थियो । मानिसहरु भौतिक दूरी कायम नगरी हिँडडुल गरिरहेका थिए । देशभर दैनिक रुपमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् ।


साभार-कबिन अधिकारी(ईकान्तिपुर)


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...