Wednesday 23rd September 2026

कुवेतमा जारी रहेको आंशिक कर्फ्यू इद उल फित्रको पहिलो दिनबाट हट्ने


तीतोपाटी – कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो ।

दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज गरिएको बारे कुवेत स्थित अल कबास दैनिक, अरबटाइम्स लगायतले समाचार प्रकाशित गरेका छन् । अल कबास दैनिकमा प्रकाशित समाचारका अनुसार काउन्सिलले चाँडै नै हुक्का क्याफे बाहेक धेरैजसो गतिविधि र रेष्टुरेन्टहरू खोल्ने सहित विभिन्न प्रकारका निर्णयहरू लिनेछ।

अरब टाइम्समा प्रकाशित समाचार अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर रेस्टुरेन्ट, क्याफे, मर्मत सेवाहरू, फार्मेसीहरू, किराना किराना पसल र चिकित्सा आपूर्ति लगायतका क्षेत्र खुला गरिने छ भने अन्य सबै वाणिज्यिक गतिविधिहरू भेन बेलुकी ८ बजेदेखि बिहान ५ बजे सम्मका लागि बन्द रहनेछन् ।

 


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...