Tuesday 29th September 2026

कविताः आमाको मुहार -नारायण कोइराला


आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै
आफनो हातमा लागेको माटो धोएर
मेरो बाबुलाई फोहोर नहोस् भन्दै
आफू एक छाक खाएर मेरो पेट भर्दै ।।

म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर
मलाई काखमा हल्लाई झन बढी हँसाउने
म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने
काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।।

मलाई ठूलो बनाउन अती दुःख कष्ट झेल्दै
जस्तो सुकै अपत आपत आएपनि संघर्ष गर्दै
मलाई पढाई लेखाई ठूलो बनाएर
धर्तीमा जन्माएर जवानी सम्म पुराएर ।।

हे मेरी आमा म कसरी तिर्न सक्छु र
दस् धारा दूधको त्यो अमूल्य मूल्य
कल्पना पनि त गर्न सकिन्न अामको कर्जा
सधै हँसाउन सकु यही छ ,मेरो संकल्प ।।

बुढेसकालमा हजुरको आशु जमीनमा नखसुस
कहिल्यै पनि नहोस् हजुरलाई दुःखको महसूस
हासेको अगानिको डिलमा सधै देख्न सकूँ
आमा मेरी खुसी हुनुहुन्छ भनी म महसूस गरु ।।

यसपाली आएर सामुन्ने बसि मुख हेर्ने मन थियो
कोरोना महामारीले सपना अधुरो बनायो
चिन्ता नलिनुस् आमा भिडियोमा हजुरको अनुहार हेर्न पर्ने भयाे
आमाको मुख हेर्ने दिन यसरी मनाउन पर्ने दिन आयो ।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...