Thursday 25th April 2024

कोरोना नियन्त्रण कसरी होला ?


बि. आर. उप्रेती, बारा, नेपाल – विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ ।

नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको छ । नेपालको दक्षिणी सिमाना पुरै भारतको बिहार प्रान्तसँग जोडिएको तथा खास गरेर पश्चिमी नेपालका निम्न आय भएका नेपालीहरु लाखाैंको संख्यामा भारतमा रोजगारीका लागि गएकोले अहिले कति त भारतमा नै मरिसके अनि दैनिक हजारौं जना यता नेपालमा फर्केकाहरु संक्रमित भएर आइरहेका हुँदा तिनका घर गाउँ, समाजमा कति संक्रमण भए होलान् सहजै अनुमान गर्न सकिन्छ ।

यसरी हाल नेपालमा दैनिक संक्रमण र मृत्युदर बढ्दो अवस्थामा भएको हामी सबैमा सर्व विदितै छ। यथा समयमा सिमा नाका बन्द, संक्रमितहरुको रेकर्ड र तिनका उपचार विधि जस्ता निति अपनाइ कार्य भएको भए संक्रमण कम हुन्थ्यो होला ।अब अहिले त सम्हालेर साध्य नहोला जस्तो भइ सक्यो । यो महामारी नियन्त्रणको लागि देशमा ५/७ ठाउँमा कर्फ्यु, केहि जिल्लामा लक डाउन गरेर नियन्त्रण होला र ?

कोरोना रोकथाम तथा नियन्त्रणको लागि देश भर – गाउँ टोल देखि जिल्ला, शहर सम्म आ-आफ्नो एरियामा स्थानीय बुद्धिजीवी, नेता कार्यकर्ताहरू सक्रिय भइ जन-मानस आवतजावतमा रोक, संक्रमितहरुको उपचार र ब्यवस्थापन गर्नुपर्छ ता कि अन्यत्र नफैलियोस । संक्रमण फैलिएका ठाउँ तथा अन्य ठाउँमा समेत कोरोना विरूद्ध माइकिङ गरि अत्यावश्यक काममा बाहेक बाहिर भिडभाडमा नजाने, बाहिर निस्कनै परे पनि सधैं मास्कको प्रयोग गर्ने र सामाजिक दुरी राख्ने  लगायतका विषयमा समुदाय स्तरमा सचेतना जगाउने कृयाकलाप गर्नु्पर्छ । यसै गरि दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्नुपर्नेहरु र गरिब गुरुवाहरुको भोकै परि समाजमा पर्न सक्ने असरलाई कसरी समाधान गर्नुपर्ने हो  सरकारको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

यसो भयो भने नेपालमा त्यति संक्रमण र मानिसहरू मर्नु पर्दैनथ्यो भन्ने यो पंतिकारलाइ लागेको छ । अझै पनि यथा समयमा उपरोक्तानुसार नसोचे, नगरे सवारी साधन आवतजावत, कलकारखानामा कामदारहरुको भिडभाड, संघसंस्थान् बित्तीय संस्थाहरु खुलै रहनु, संघ सभा, मिटिङ्ग जस्ता भिडभाडका समय हुने क्रियाकलाप नरोकेमा ( देश भर लक डाउन नभएमा) इटली, ब्राजिलको जस्तो अवस्था हुने निश्चिति छ । यही छ अहिले देश भर चर्चा । तसर्थ स्थानीय तह देखि शहरसम्मका नेता, बुद्धिजीवी, सरकार लगायत सरोकारवालाहरूको यस सम्बन्धमा चिन्तन भयो भने यस्तो डरलाग्दो महामारीको भूमरीमा पर्न अबस्थालाइ रोक्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...