Sunday 18th October 2026

कोरोना नियन्त्रण कसरी होला ?


बि. आर. उप्रेती, बारा, नेपाल – विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ ।

नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको छ । नेपालको दक्षिणी सिमाना पुरै भारतको बिहार प्रान्तसँग जोडिएको तथा खास गरेर पश्चिमी नेपालका निम्न आय भएका नेपालीहरु लाखाैंको संख्यामा भारतमा रोजगारीका लागि गएकोले अहिले कति त भारतमा नै मरिसके अनि दैनिक हजारौं जना यता नेपालमा फर्केकाहरु संक्रमित भएर आइरहेका हुँदा तिनका घर गाउँ, समाजमा कति संक्रमण भए होलान् सहजै अनुमान गर्न सकिन्छ ।

यसरी हाल नेपालमा दैनिक संक्रमण र मृत्युदर बढ्दो अवस्थामा भएको हामी सबैमा सर्व विदितै छ। यथा समयमा सिमा नाका बन्द, संक्रमितहरुको रेकर्ड र तिनका उपचार विधि जस्ता निति अपनाइ कार्य भएको भए संक्रमण कम हुन्थ्यो होला ।अब अहिले त सम्हालेर साध्य नहोला जस्तो भइ सक्यो । यो महामारी नियन्त्रणको लागि देशमा ५/७ ठाउँमा कर्फ्यु, केहि जिल्लामा लक डाउन गरेर नियन्त्रण होला र ?

कोरोना रोकथाम तथा नियन्त्रणको लागि देश भर – गाउँ टोल देखि जिल्ला, शहर सम्म आ-आफ्नो एरियामा स्थानीय बुद्धिजीवी, नेता कार्यकर्ताहरू सक्रिय भइ जन-मानस आवतजावतमा रोक, संक्रमितहरुको उपचार र ब्यवस्थापन गर्नुपर्छ ता कि अन्यत्र नफैलियोस । संक्रमण फैलिएका ठाउँ तथा अन्य ठाउँमा समेत कोरोना विरूद्ध माइकिङ गरि अत्यावश्यक काममा बाहेक बाहिर भिडभाडमा नजाने, बाहिर निस्कनै परे पनि सधैं मास्कको प्रयोग गर्ने र सामाजिक दुरी राख्ने  लगायतका विषयमा समुदाय स्तरमा सचेतना जगाउने कृयाकलाप गर्नु्पर्छ । यसै गरि दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्नुपर्नेहरु र गरिब गुरुवाहरुको भोकै परि समाजमा पर्न सक्ने असरलाई कसरी समाधान गर्नुपर्ने हो  सरकारको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

यसो भयो भने नेपालमा त्यति संक्रमण र मानिसहरू मर्नु पर्दैनथ्यो भन्ने यो पंतिकारलाइ लागेको छ । अझै पनि यथा समयमा उपरोक्तानुसार नसोचे, नगरे सवारी साधन आवतजावत, कलकारखानामा कामदारहरुको भिडभाड, संघसंस्थान् बित्तीय संस्थाहरु खुलै रहनु, संघ सभा, मिटिङ्ग जस्ता भिडभाडका समय हुने क्रियाकलाप नरोकेमा ( देश भर लक डाउन नभएमा) इटली, ब्राजिलको जस्तो अवस्था हुने निश्चिति छ । यही छ अहिले देश भर चर्चा । तसर्थ स्थानीय तह देखि शहरसम्मका नेता, बुद्धिजीवी, सरकार लगायत सरोकारवालाहरूको यस सम्बन्धमा चिन्तन भयो भने यस्तो डरलाग्दो महामारीको भूमरीमा पर्न अबस्थालाइ रोक्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...