Sunday 18th October 2026

सर्लाहीको हरिवन नगरपालिकामा आइसिलोसन बेड सहित फ्री एम्बुलेन्स सेवा


गुलाम नवि मन्सुर, सर्लाही – हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा स्टक राखेको कुरा नगरपालिका प्रशासनले जनाको छ ।

हरिवन नगरपालिकाले आफ्ना नागरिकको जनस्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्वर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शैया र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शैयाको व्यवस्था गरेको छ। हरिवन नगरपालिका को जन- स्वास्थलाई मध्य नजर गर्दै नगरपालिका भित्र विभिन्न संघ सस्थाले निशुल्क- १३वटा एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी गरेको जनकारी नगर प्रमुख गणेश प्रसाईले दिएका छन् ।

प्रसाइले थपे, कोही कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्था राखिएको र अक्सिजनसहितको भेन्टिलिटर भएको शैयाको पनि व्यवस्था गरिएको छ। नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरूमा कोभिड-१९ को संक्रमणको जोखिम कम गर्न नगरपालिका सधैं सजग  अवस्थामा रहेको  साथै बिरामीको थप उपचारका लागि अन्यत्र लानुपर्ने अवस्था भएमा २४ सै घण्टा अक्सिजन सहितको एम्बुलेन्स सेवाको व्यवस्था गरिएको जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...