Thursday 29th October 2026

रहेनन् गायक प्रेमध्वज प्रधान


जिएनएन-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनी घरको सांगीतिक माहोलका कारण गीत संगीतको क्षेत्रमा आएका थिए ।

उनका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको थियो ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...