Thursday 17th September 2026

कुवेत आएको १ बर्षमै कम्पनी परिवर्तन गर्न पाइने


हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ।

कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको “पब्लिक अथोरिटी अफ मेनपावर”(पाम-PAM)का प्रमुख अहमद अल मुसा (Ahmed Al Mousa)ले सर्कुलर नं-३७५/२०२१ जारी गर्दै वर्क पर्मिट लिएको १ बर्ष पुरा भएका आप्रबासिहरुले अब आफ्नो स्पोन्सर वा काम गर्ने कम्पनी परिवर्तन गर्न पाउने छन।तर यसरी कम्पनी परिवर्तन गर्दा कामदारहरुले स्पोन्सर वा कम्पनीको अनुमती भने अनिबार्य रुपमा लिनु पर्ने छ।

समाचारमा भनिएको छ, अहिलेको कोरोना कहरका कारण कुवेतको लेबर मार्केटमा भएको कामदार अभाब पुर्ती गर्नको लागि यो नियम लागू गरिने भएको हो।अर्को सुचना प्रकाशित नभए सम्म यो नियम लागु हुनेछ भने यो नियम कुवेतको संगठित क्षेत्र(भिसा नं-१८)मा आएका कामदारको हकमा मात्र लागू हुनेछ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...