Saturday 15th August 2026

कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी, अध्यक्षमा सुवेदीको पल्ला भारी


तीतोपाटी – कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन जुमआउट देखि विभिन्न सिटी भिजिट इत्यादि गर्दैछन्। उम्मेदवारहरुले टेक्ससका प्रमुख ३ शहरमा भब्य रुपमा चुनावी कार्यक्रम सम्पन्न गरेका छन्।

अमेरिकाका १५ भन्दा धेरै शहरमा चुनावी कार्यक्रम सम्पन्न गरेका सुबेदी हाल आएर चर्चाको शिखरमा पुगेका छन्। सुवेदी अन्य उम्मेदवार भन्दा धेरै अगाडि र पुर्ण सपोर्टका साथ चुनावी कार्यक्रममा व्यस्त छन् । समाज सेवामा नेपालीको लागि निकै योगदान गरेका सुवेदी नेपालीहरलाई समस्या पर्दा अमेरिकाको जुनसुकै ठाउँमा पनि उद्दारको लागि पुग्ने र नया भिजन बोकेका अध्यक्ष पदका उम्मेदवार हुन । मृदुभाषी सामाजिक अभियन्ताका रूपमा सबै माझ चिनिएका सुवेदीलाइ अध्यक्षका अन्य उम्मेदवारहरुले उनीप्रति गरेको लक्षित प्रहार, उनको पक्षमा उपस्थितिको लहर, इण्डोर्श गर्नेको होडबाजी र उनका प्रतिपक्षका हतासो देख्दा उनको पल्ला भारी भएको ठोकुवा गर्न सकिन्छ।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको मिति निर्वाचन आयोगले छिट्टै बाहिर ल्याउनु अपेक्षा गरिएको छ। ब्यबस्था अनुसार मे अन्तसम्म चुनाव भैसक्नु पर्ने र जुन महिना देखि नयाँ नेतृत्वले कार्यभार लिनुपर्नेछ। एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य संख्या २१ हजार ८ सय ५४ जना छन्।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

प्रतिकृयाहरू
...