Thursday 18th June 2026

कविताः मान्छे -सविता के.सी.


मान्छे सौदा गर्दछ
लासको पनि पैसा माग्दछ
सुन्दै अनौठो लाग्ने व्यवहार
अरुले त के गर्ला मान्छे गर्दछ ।

बाख्राको छोरा बोका, मान्छे काटेर खान्छ
भैँसीको छोरा राँगाको अनेक परिकार बन्दछ
गौमाताकै छोरा बहरलाई पनि
सुमरेर गोरु बनाए
हलो नारी खेत जोताए
वास्तवमै मान्छे एकदम निष्ठुरी छ ।

मान्छे अरुको विनास गर्दछ
आफ्नै जातित्वको मात्र विकास गर्दछ
जङ्गल फाँड्छ सडक बनाउँछ
जङ्गली जनावर र चराचुरुङ्गीलाई हाहाकार हुन्छ
मान्छे गाडीमा चढी सररर …. गुड्छ
जङ्गल भित्र पस्छ मान्छे शिकार गर्छ
अरुका सन्तान मासेर आफू मासु खान्छ
वास्तवमै मान्छे एकोहोरो स्वभावको छ ।

हिँड्ने बाटो व्यापार विछ्याउँछ
गुड्ने सडकमा बच्चा फिजाउँछ
जिउँदा सन्तान लास बनाउँछ
लासको पनि भाउ राख्छ
बाटोमा तगारो राखी पसल खोलेर व्यापार गर्छ
सन्तानको लास बेचेको पैसाले
मान्छे दिनहुँ दालचामल किनी छाक टार्छ
वास्तवमा मान्छे अपारको छ ।

मान्छे मान्छे बीच सम्झौता हुन्छ
मान्छे मान्छेमा किनबेच हुन्छ
मान्छेमा विश्वास अनि धोका हुन्छ
मान्छे शब्दले रेट्दछ, बोलीले गोली हान्दछ
मान्छे, म र मेरा लागि मर्न र मार्न सक्दछ
वास्तवमा मान्छे प्रकृतिमाथि लिला रच्दछ
वास्तवमा मान्छे प्रकृति कुल्ची माथि पुग्न खोज्दछ
वास्तवमा मान्छे अति स्वार्थी छ
मान्छे अति स्वार्थी छ ।

सविता के.सी.
फर्पिङ , काठमाडौ


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...