Saturday 15th August 2026

माधब नेपाल समुहको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतलाइ युवराज गैरेले हाँक्ने


तीतोपाटी – नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे अध्यक्ष चयन भएका हुन् ।

आज भएको मध्यपूर्व भर्चुअल मिटिङ मार्फत पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता क. माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा नेकपा (एमाले) उप-महासचिव तथा स्थायी कमिटी सदस्य क.घनश्याम भुसालको आतिथ्यता र प्रवास इन्चार्ज क.श्रीप्रसाद साहको सभाध्यक्षतामा नेकपा एमाले प्रवास कमिटी प्रवासी नेपाली मंच कुवेत शाखाको अध्यक्षमा युवराज गैरे र महासचिवमा देवशम्शेर घिसिङलाइ चयन गर्दै १७ सदस्यीय प्रवास कमिटी बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष युवराज गैरेलै जानकारि दिएका हुन् ।

पार्टीको विभिन्न तहका सांगठनिक प्रशिक्षण प्राप्त गैरै पार्टीको स्थानिय तह देखि केन्द्र तह सम्मका नेता कार्यकर्तासँग राम्रो सम्बन्ध भएका जुझारू, स्पष्ठबक्ता र पदलोलुपता नभएका संगठित कार्यकर्ताकाे रूपमा चिनिन्छन् । गैरे दुइ कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकिकरण हुनु अघि सम्म एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच कुवेतको उपाध्यक्ष रहेका थिए ।

प्रवासी नेपाली मञ्च कुवेतको नवगठित नयाँ कार्य समिति यस प्रकार रहेको छ ।
१.अध्यक्ष : क.युवराज गैरे(बाग्लुङ)
२.बरिष्ठ उपाध्यक्ष :क.मनबिर लामा(कास्की)
३.उपाध्यक्ष:क.दिल श्रीपाली(दाङ)
४.महासचिव:क.देवशमसेर घिसिङ(रामेछाप)
५.सचीव :क.हरी रेग्मी(अर्घाखाँची)
६.सहसचिव: क.टक ब.खड्का”सुमन”(रामेछाप)
७.कोषाध्यक्ष:क.रमेश लामा(कास्की)
८.सदस्य:क.भिम ब.खत्री(बागलुङ)
९.सदस्य:क.दिपेन्द्र चौधरी (चितवन)
१०.सदस्य:क.सुजन न्यौपाने(झापा)
११.सदस्य:क.मनोज थापा(पाल्पा)
१२.सदस्य:क.महेश दाहाल(मोरङ)
१३.सदस्य:क. कालिका प्रसाद पौडेल(गोरखा)
१४.सदस्य:क.बिबेक तामाङ(कास्की)
१५.सदस्य:क.टेक बहादुर प्रधान(भोजपुर)
१६. सुर्य नारायन दास धनुसा
१७. म इन्द देब शर्मा धनुसा

स्मरण रहोस, ओली समुहको भने गत फेब्रुअरीमा नै राज कुमार थापा अध्यक्ष र गणेश रावत सचिब रहेको ५३ सदस्यीय प्रवासी नेपाली मंच कुवेत गठन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...