Friday 29th March 2024

माधब नेपाल समुहको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतलाइ युवराज गैरेले हाँक्ने


तीतोपाटी – नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे अध्यक्ष चयन भएका हुन् ।

आज भएको मध्यपूर्व भर्चुअल मिटिङ मार्फत पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता क. माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा नेकपा (एमाले) उप-महासचिव तथा स्थायी कमिटी सदस्य क.घनश्याम भुसालको आतिथ्यता र प्रवास इन्चार्ज क.श्रीप्रसाद साहको सभाध्यक्षतामा नेकपा एमाले प्रवास कमिटी प्रवासी नेपाली मंच कुवेत शाखाको अध्यक्षमा युवराज गैरे र महासचिवमा देवशम्शेर घिसिङलाइ चयन गर्दै १७ सदस्यीय प्रवास कमिटी बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष युवराज गैरेलै जानकारि दिएका हुन् ।

पार्टीको विभिन्न तहका सांगठनिक प्रशिक्षण प्राप्त गैरै पार्टीको स्थानिय तह देखि केन्द्र तह सम्मका नेता कार्यकर्तासँग राम्रो सम्बन्ध भएका जुझारू, स्पष्ठबक्ता र पदलोलुपता नभएका संगठित कार्यकर्ताकाे रूपमा चिनिन्छन् । गैरे दुइ कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकिकरण हुनु अघि सम्म एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच कुवेतको उपाध्यक्ष रहेका थिए ।

प्रवासी नेपाली मञ्च कुवेतको नवगठित नयाँ कार्य समिति यस प्रकार रहेको छ ।
१.अध्यक्ष : क.युवराज गैरे(बाग्लुङ)
२.बरिष्ठ उपाध्यक्ष :क.मनबिर लामा(कास्की)
३.उपाध्यक्ष:क.दिल श्रीपाली(दाङ)
४.महासचिव:क.देवशमसेर घिसिङ(रामेछाप)
५.सचीव :क.हरी रेग्मी(अर्घाखाँची)
६.सहसचिव: क.टक ब.खड्का”सुमन”(रामेछाप)
७.कोषाध्यक्ष:क.रमेश लामा(कास्की)
८.सदस्य:क.भिम ब.खत्री(बागलुङ)
९.सदस्य:क.दिपेन्द्र चौधरी (चितवन)
१०.सदस्य:क.सुजन न्यौपाने(झापा)
११.सदस्य:क.मनोज थापा(पाल्पा)
१२.सदस्य:क.महेश दाहाल(मोरङ)
१३.सदस्य:क. कालिका प्रसाद पौडेल(गोरखा)
१४.सदस्य:क.बिबेक तामाङ(कास्की)
१५.सदस्य:क.टेक बहादुर प्रधान(भोजपुर)
१६. सुर्य नारायन दास धनुसा
१७. म इन्द देब शर्मा धनुसा

स्मरण रहोस, ओली समुहको भने गत फेब्रुअरीमा नै राज कुमार थापा अध्यक्ष र गणेश रावत सचिब रहेको ५३ सदस्यीय प्रवासी नेपाली मंच कुवेत गठन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...