Thursday 25th April 2024

होटेल तथा रेष्टुरेन्ट ८ बजेसम्म खुला, मास्क नलगाइ सरकारी कार्यालय छिर्न निषेध


तितोपाटी- सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले होटेल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाउने नियम बनाएको छ । दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएउनुभएको हो।

उहाँका अनुसार ८ बजेपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । यसैगरी मास्क नलगाइ सरकारी कार्यालय प्रवेश गर्नेलाई निषेध गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेका निर्णयहरुबारे जानकारी दिँदै मन्त्री गुरुङले सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने बताउनुभएको छ ।

कुनै यात्रु मास्क नलगाइ सवारीमा प्रवेश गरेमा १० रुपैयाँको मास्क सवारी चालक/सहचालकले उपलब्ध गराउनु पर्ने भनिएको छ । साथै, मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख भछ ।

सरकारी कार्यालयसँगै डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाइएको छ । यसैगरी विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरिएको छ ।-न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...