Sunday 18th October 2026

नेपालमा ५१०५ मा परीक्षण गर्दा ५५९ लाई कोरोना, १३ जनाको मृत्यु


नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ।त्यस्तै, कोरोनाको संक्रमणबाट थप १३ जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...