Monday 24th August 2026

५४ सय जनाको कोटा निर्धारण


तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो ।

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो ।
ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिनुुभयो ।
उहाँले भन्नुुभयो, “अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्र्तीण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्वुविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । ”
निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिनुुभयो । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उहाँले थप्नुुभयो ।
नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।
नेपालमा कात्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषय अहिलेसम्म टुङ्गो नलागेको ईपीएस शाखाका निर्देशक गौतमले जानकारी दिनुुभयो । सो शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा गएका थिए त्यसमध्ये हालसम्म ४० हजार युुवा त्यहाँ कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।-गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...