Monday 4th May 2026

भारतमा थपिए एकदिनमा संसारकै धेरै कोरोना संक्रमित, ६३० को मृत्यु


छिमेकी देश भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ। मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ।

गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। संक्रमित थपिएसँग भारतमा मृतकको संख्या पनि बढेको छ। पछिल्ला दिनहरूमा दैनिक ५ सयमुनि रहेको मृतकको संख्या मंगलबार बढेर ६ सय नाघेको छ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ६३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या गत वर्ष नोभेम्बर ५ यताकै सबैभन्दा बढी हो।भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ६६ हजारले ज्यान गुमाएका छन्।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...