Wednesday 24th April 2024

रुकुमेलीसामु प्रचण्डले भने -मैमाथि बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना गरेका हुन् ।

हालै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई लक्षित गर्दै उनले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरें, ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरें ।’
संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको बताए । रुकुमेली जनतालाई सम्बोधन गर्दै उनले भने, ‘म आत्मालोचना गर्न पनि तपाईहरु माझ आएको छु । सायद मैले गल्ती गरें । म अब त्यस्तो गर्दिनँ ।’

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए । ‘पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि यो प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपिल गरें । जनताले साथ देलान् त भन्नेमा संशय पनि थियो तर देशभर जाँदा जनता प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीलाई साथ दिन तयार छ भन्ने मैले देखें,’ उनले भने ।

जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धिविरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए । ‘देशभित्र र बाहिर अनेक षड्यन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसविरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’यस्ता षड्यन्त्रलाई परास्त गर्ने तागत हिजो जनयुद्धका बेलामा रहेका आधार इलाका, हिजोका योद्धा, घाइते र सहिद परिवारमा मात्र छ भन्ने महसुस गरेर नै आफू रुकुम आइपुगेको उनले बताए।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...