Sunday 11th October 2026

फागु विशेष साहित्यिक कार्यक्रम सम्पन्न


लक्ष्मण न्यौपाने,
सिकागो, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रङहरूको पर्व, फागुसँगै विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीलगायत कार्यशाला तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै क्रममा यसपटक अमेरिका तथा क्यानाडाभरिका अनेसास च्याप्टरहरूलाई समेटेर फागु विशेष साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

अमेरिका तथा क्यानाडा गरि २२ च्याप्टर मध्यबाट १७ च्याप्टरका तीन दर्जन जना सर्जकहरूको सहभागिता रहेको यो कार्यक्रम अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिको छैठौ संयोजन थियो । कार्यक्रममा बिओटी उपाध्यक्ष एवं पूर्व केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, बिओटी उपाध्यक्ष पुरु सुवेदी , केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा , केन्द्रीय उपाध्यक्ष एवं अनेसास उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी, ट्रस्टी सदस्य तीर्थराज अधिकारी, केन्द्रीय सदस्य तारा अधिकारी लगायतको उपस्थिति रहेको थियो भने विभिन्न च्याप्टरहरूबाट प्रतिनिधित्व गर्दै भगवती पौडेल , चम्पा भट्टराई पाण्डे , उमा शर्मा , गीता बस्नेत, लाल चौलागाई ,गीता बजगाई , रीता देवी प्रधान ,शकुन ज्ञवाली , जानुका वस्ती ढकाल , शान्ता अधिकारी, साधना शर्मा, दीप कार्की , अमरबहादुर कार्की , तीलक कार्की , लक्ष्मण न्यौपाने ,समुद्र बास्कोटा, तिल रूपा आचार्य, रोहित भण्डारी, डा, नरेन्द्र भट्टराई, डा, खगेन्द्र गौतम तथा ईश्वर बगाले लगायतका पदाधिकारी एवं सर्जकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अधिकांश रचना फागु पर्वलाई समेटेर लेखिएका थिए । रचनाहरूमा परदेशीलाई जन्मभूमि, मातृभूमिबाट टाढा रहेको पीड़ा , पर्वमा छुटेका मीठा सम्झनाहरू, भावनाहरू समेटिएका थिए भने केहि अन्य विषयमा रचिएका मिठा कविता, गीत, गजल, मुक्तक प्रस्तुत भएका थिए । झण्डै ३ घण्टा लामो रचना वाचन कार्यक्रम निकै मधुर्यका साथ र श्रृंखलावद्द रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्नो रचना बाचनसँगै बिओटी उपाध्यक्ष पदम विश्वकर्माद्वारा यस्ता कार्यक्रमहरूको आयोजनाले साहित्यिक विकाश सँगसँगै च्याप्टरहरू बीचको सम्बन्ध एवं च्याप्टर र केन्द्रबीचको सम्बन्धमा निकटता ल्याउन विशेष भूमिका खेल्ने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने कुरामा विशेष जोड दिँदै फागु पर्वको सबैमा शुभकामना ब्यक्त गरिएको थियो ।

संयोजक, राजेन्द्र श्रेष्ठद्वारा संचालन गरिएको उक्त कार्यक्रममा सबै उपस्थित सहभागीहरूलाई पदीय आशन ग्रहण मात्र गराएर नौलो र सरल पाराले अघि बढाइएको उक्त कार्यक्रम गोर्खाली भ्वाईस अनलाइन मिडियाले आफ्नो फेसबुक एवं यू-टुब च्यानल मार्फ़त प्रत्यक्ष प्रशारण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको…

रियाद, २५ असोज। साउदी अरबको नेतृत्वमा रहेको यमन सरकारसमर्थक सैन्य गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा व्यापक हवाई कारबाही गर्दै…

इरान युद्धको नयाँ मोर्चा: रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु; हुथीविरुद्ध युद्धमा उत्रिने अमेरिकाको सङ्केत साउदी अरबको राजधानी रियादस्थित किङ…

प्रतिकृयाहरू
...