Saturday 31st October 2026

सरकार र थारुवान संघर्ष समितिको वार्ता सकारात्मक


सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ । मंगलबारको वार्ता सकारात्मक रुपमा टुंगिएको बताइएको छ । संघर्ष समितिका मागपत्र बारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो ।

यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले जनाएका छन् ।गृह मन्त्रालयमा मंगलबार दिउँसो दुई पक्षबीच वार्ता भएको थियो । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंगलबार बिहान पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी छिन् । महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी वार्ता टोलीको सदस्यमा छन् ।

सरकारको पक्षबाट सोमबार नै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...