Friday 9th October 2026

कविताः न्यायको खोजी -सुरेश पाण्डेय


कति हुन्छ सहनशीलता नारी भित्र हेर ।
बढ्यो देशमा बलात्कारी संबिधान केर ।।
अपराधीलाई कानुन कहाँ छ सरकार ।
हत्यारा र बलात्कारी सधैँ हुन थाले फरार ।।

आफन्तलाई आफनै बाट हुन लाग्यो डर ।
भन सरकार नारी अब कसको गर्छिन् भर ।।
ठाउँ ठाउबाट आएको छ बलात्कारी केश ।
किन हुन्नँ न्याय सरकार पुग्यो कहाँ देश ।।

आँखा भरी आँसु झर्यो हेर त्यो नारीको ।
हुनू पर्छ अन्तिम संस्कार अत्याचारीको ।।
आफ्नै देश भित्र अब कहिले सम्म डर्ने ।
राख संबिधानमा आफ्नो सुरक्षा आफै गर्ने ।।

आज एउटा भोलि एउटा मरेकी छन् नारी ।
लक्ष्मी मार्ने हत्यारालाई बोकाइ देउ भारी ।।
मिल्नु पर्यो जनतालाई देशमा सुख शान्ति ।
निर्दोष मारी दिन दिनै गर्छौ कति क्रान्ति ।।

लेखिएको संबिधान भन कहिले हुन्छ लागु ।
बलात्कारमा परे दिदिबहिनी न्याय कहाँ मांगु ।।
आमा पनि रोएकिछन भ्रष्टाचार र अत्याचारले ।
देश मेरो पछि पर्यो दुनियाँको यस्तै यस्तै मारले ।।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...