Tuesday 23rd April 2024

सरकारद्वारा विप्लव समुह माथिको प्रतिबन्ध फुकुवा, ओली र विप्लवले संयुक्त संबोधन गर्ने


तीतोपाटी – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह लाई शुक्रबार दिउँसाे २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

त्यस्तै विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ‘विप्लव’ समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले आतंककारी गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...