Wednesday 29th July 2026

भागरथीको हत्यारा सार्वजनिक, ५ दिन म्याद थपेर अनुसन्धान गर्न अदालतबाट अनुमति


तीतोपाटी – भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टले भागरथीको बलात्कार गरि हत्या गरेको पुष्टि भएपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अभियुक्त भट्टले भागरथी बलात्कार तथा हत्या प्रकरणमा भागरथीको घाँटी थिचेर मारेको साविति बयान दिए पनि हत्या गर्नुको कारण उनले भनेनका छैनन् ।

मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरे पछि आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ निजको घरबाटै नियन्त्रणमा लिएको थियो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट ७० मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको भनेको थियो । घटनापछि प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो, जसले अभियुक्त खोचलेक बजारतिर गएको संकेत गरेको थियो ।

प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो ।

भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कयौं स्थानीयवासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो भने केही व्यक्तिलाई आफ्नो शंकाको घेरामा राखेको थियो । प्रहरीको शंकाको घेरामा दिनेश पनि परेको थियो । सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणका आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...