Wednesday 17th June 2026

एनआरएनए कुवेतले थप ९ जना नेपालीको उद्धार गर्यो


तीतोपाटी- कुवेतस्थित एनआरएनएले विविध कारणले समस्यमा परेका नौ जना नेपाली पिडितको उद्धार गरी स्वदेश पठाएको छ।

नेपाल फर्किने मध्य-घरेलुकामदारको रूपमा कुवेत आएर अवैधानिक अवस्थामा अलपत्र परेका ६ जना महिला र १ जना पुरुष पुस्टेबिक, जस्को खुट्टा जलेको र अन्य दुई जना पुरुष जस्को कोभिडका -१९ को कारण रोजगार गुमाई पिडित अवस्थामा रहेका थिए । कुलनौ जनाको उद्धार गरी नेपाल पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन।

उक्त कार्यमा नेपाली दूतावास कुवेतले सहजीकरण गरीदिएको  केसीले बताए। साथै पिडितलाई कोरोनाको पिसिआर परिक्षण, हवाइटिकट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पिडित पक्ष्यको घर सम्मको बस भाडाको समेत एनआरएनएले व्यवस्था गरीदिएको छ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतसंग सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जानको लागी हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरी काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने केसीले  बताए ।

त्यस्तै पिडित नेपालीलाई स्वदेश पठाउन अहोरात्र खटनु हुने एनसिसि कुवेत, र नेपाली दूतावास कुवेत प्रति केसीले हार्दिक कृतज्ञता प्रकट गरेक छन।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...