Thursday 23rd July 2026

नेकपा प्रचण्ड-नेपाल समु्हको आज देशभर आम हड्ताल (फोटो फिचर सहित)


तीतोपाटी – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि देशभर विरोध प्रदर्शन गरिरहेको छ । संवैधानिक आयोगहरुमा संसदीय सुनुवाई विनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।

नेपाल सरकारले संघिय संसद प्रतिनिधि सभा विघटन गरे पछि सिर्जित घटनाक्रमले उग्ररूप लिंदै गएको हो । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली ग्रुप बाहेक नेकपा प्रचण्ड-नेपाल समुह, अन्य पार्टीहरू तथा सिंगो नागरिक समाजले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । यसै क्रममा आज नेकपा प्रचण्ड-नेपाल समुहले देशभर आम हड्तालको आयोजना गरेको हो ।

नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । देशको राजधानी काठमाडाैं उपत्यकाको रत्नपार्क, गोंगब, कलंकी, सातदोबाटो लगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका छन्। नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ । उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् । त्यस्तै, देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् ।

आम हड्तालले बुटवल ठप्प भएको छ भने उता धरानमा बन्दकर्ता र मजदुर वीच झडप भएको छ भने देशका विभिन्न ठाउँमा भएका गतिविधिहरू आउन शुरू भएका छन् ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...