Friday 9th October 2026

स्याङ्जा साहित्य सङ्गमले नियमित साहित्यिक शृङ्खला गर्ने


तीतोपाटी – स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो ।

उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य वाचन कार्यक्रममा मुक्तककार एस. पी. असफल, कवयित्री अस्मिता पाैडेल, गजलकार तिलाचन बस्याल र कवि तारानाथ पराजुलीले अा-अाफ्ना विधाका साहित्य वाचन गर्नेछन् ।

बिहान ११ बजेदेखि शुरू हुने उक्त विशेष साहित्य वाचन कार्यक्रम सामाजिक सञ्जाल मार्फत अनलाइन लाइभमा पनि प्रस्तुत हुनेछ ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...