Friday 9th October 2026

आधिकारिकता दावी गर्दै प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोगमा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष आधिकारिकताको माग दावी गर्दै निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु मंगलबार आयोगको कार्यालय पुगेका हुन्। यो समूहले आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर आधिकारिकता माग गर्दै पत्र बुझाएका हुन् ।

यसअघि निर्वाचन आयोगले दुवै पक्षको दाबी अस्वीकार गरेको थियो । राजधानीमा सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो। गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो।

नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि  केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। आयोगले दुवै पक्षले पठाएको विवरण कानुनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो।

बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरु नै आधिकारिक नेकपा भएको  दावी गर्दै  आएको छ।गत पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई खेमा भएको छ। एक पक्षको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेको  छ भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्। दुवै पक्ष आफू आधाकारिक नेकपा भएको दावी गर्दै आएको छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...